टरिगाउँ विमानस्थल विस्तारको प्रयास

दाङ | पुस ८, २०८१

टरिगाउँ विमानस्थल विस्तारको प्रयास

दाङ:

तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ ।

 

सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् । आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गर्नुभएको हो ।

 

उहाँहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि प्रस्तुत गर्नुभएको थियो ।

 

पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि रु तीन अर्ब, ४२ करोड २८ लाख लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डिपीआर प्रस्तुत गरिएको हो । सात सय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा भएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्